सूचना र सञ्चार प्रबिधिको द्रुततर विकासको फलस्वरुप अाज विश्व एउटा सानो गाउँमा परिणत भएको छ। सूचना सञ्चार प्रविधिमा भएका महत्वपुर्ण उपलब्धी भनेको विश्वका विभिन्न स्थानमा इन्टरनेटको पहुँच पुग्नु हो। भौगोलिक दुरी जति टाढा भएता पनि ईन्टरनेटको विकासका कारण विश्वको कुनै पनि स्थानको बारेमा अावश्यक सूचना अाफ्नो कम्प्युटरमा प्राप्त गर्न सकिन्छ। सूचना प्रविधिको समुचित प्रयोगले देशको शिक्षा, स्वास्थ्य, सञ्चार, प्रशासनिक, अार्थिक लगायता क्षेत्रको विकासमा ठुलो योगदान पुर्याउँछ भनेयसको दुरुपयोग भएको खण्डमा ठूलो हानी, नोक्सानी तथा दुर्घटना निम्त्याउँछ। कम्प्युटरलाई माध्यम बनाएर वा अर्काको कम्प्युटरलाई लक्ष्य बनाएर कानुनले निशेध गरेको कृयाकलाप गर्नुलाई साईवर अपराध भनिन्छ। इन्टरनेटको विस्तार भएको वर्तमान परिप्रेक्ष्यमा क्रमश: बढ्दो अपराधका कारण नेपालमा समेत “विद्युतिय कारोबार ऐन २०६३”को व्यवस्था भईसकेको छ। साईबर अपराधको सवैभन्दा पहिलो घटना सन् १८२० मा दर्ता भएको थियो। फ्रान्सका कपडा बनाउने कारखानाका मालिक जोसेफ मेरी जेक्वार्ड कपडा बुन्ने स्वचालित कम्प्युटराईज मेशिन बनाए पश्चात् त्यहाँका कामदारले अाफ्नो रोजगारी गुम्ने भयले त्यस उद्योगको संरचना ध्वस्त बनाउने कार्य गरेका थिए। जुन घटनालाई साइबर अपराधको पहिलो घटनाको रुपमा दर्ता गरिएको थियो।
नेपालमा हाल देखिएका साइबर अपराधका प्रकृतिहरु
- “विद्युतिय कारोबार ऐन २०६३” ले प्रकाशन गर्न नहुने भनिएका सामाग्रीको प्रकाशन।
- ईमेल मार्फत जथाभाबी धम्की दिने तथा नगद माग गर्ने।
- सामाजिक संजालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर, प्रोफाइल खोलेर बेईज्यत गर्ने तथा दु:ख दिने।
- बिभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी ईन्टरनेटमा राख्ने।
- मोवाईल मार्फत धम्कीपुर्ण SMS पठाउने तथा SMS मार्फत जुवा, Lottery संचालन गर्ने।
- सरकारी तथा अन्य संस्थाको Website Hack गर्ने।
कम्प्युटरलाई माध्यमको रुपमा प्रयोग गरेर गरिने साइबर अपराधहरु
- Financial Crime: धोखाधडी, क्रेडिट कार्ड जालसाजी, अबैध रुपमा मुद्राको कारोवार अादि कार्यहरु।
- Cyber Pornography: समाजमा विकृति फैलाउने अश्लिल तथा यौनजन्य सामाग्रीहरु कम्प्युटरको माध्यमवाट ईन्टरनेटमा प्रशारण, प्रकाशन, बितरण जस्ता कृयाकलाप।
- Sale of Illegal Articles: प्रतिबन्धित लागुपदार्थ, हातहतियार तथा संरक्षित वन्यजन्तुको अंग, छालाहरु जस्ता सामाग्रीहरुको खरिद विक्री वा बिज्ञापन इन्टरनेटको माध्यमबाट गर्नु।
- Intellectual Property Crimes: सफ्टवेरको अनाधिकृत रुपमा प्रतिलिपि बनाउनु, अर्काको ट्रेडमार्क चोरी गर्नु।
- Cyber Stalking: ईन्टरनेटमा अर्को व्यक्तिको गतिविधिलाई निगरानी गरेर धम्किपुर्ण सूचना पठाउनु वा अनाधिकृत तवरबाट अर्काको Chat Room मा हैरान गर्नु।
- Forgery: जाली नोट छाप्ने, जाली मार्कसिट वा प्रमाणपत्र बनाउन अत्याधुनिक उपकरणको प्रयोग गर्नु।
- Cyber Defamation: अन्य व्यक्तिको चरित्र हत्या गर्ने उद्देश्यले वेभसाईट, सामाजिक संजाल तथा ईमेलको माध्यमद्वारा दुस्प्रचार गर्नु।
अर्काको कम्प्युटरलाई लक्ष्य बनाई गरिने केही साइबर अपराधहरु
- Email Bombing: अरुको ईमेल ठेगानामा ठुलो संख्यामा ईमेलहरु पिडितको ईमेल खाता वा ईमेल सर्भरमा नै अवरोध खडा गर्ने।
- Salami Attacks: यस्तो अपराध अन्तर्गत कसैले कुनै एउटा बैंकको सम्पुर्ण सूचना रहेको कम्प्युटर नेटवर्कको माध्यमद्वारा अनाधिकृत रुपमा प्रवेश गरेर बैंकको खाताहरुबाट थोरै थोरै रकम अाफ्नो खातामा जम्मा गर्ने।
- Virus/Worm Attack: दुरासय भावनाले प्रेतित भई अरुको कम्प्युटरमा इमेल मार्फत भाइरस पठाउने कार्यहरु।
- Internet Time Theft: अर्काको ईन्टरनेटको Username र Password पत्ता लगाई अनाधिकृतरुपमा प्रयोग गर्ने जस्ता कृयाकलापहरु।
विद्युतिय कारोबार ऐन २०६३ (Electronics Transaction Act 2008) अन्तर्गत परिच्छेद ९ ले कम्प्युटर सम्वन्धी कसुर एवं दण्ड सजाँयको सम्बन्धमा निम्न अनुसार व्यवस्था गरेको छ:
दफा ४४: कम्प्युटर स्रोत संकेतको चोरी, नष्ट वा परिवर्तन गर्ने – ३ बर्ष सम्म कैद वा रु. २ लाख सम्म जरिवाना वा दुवै सजायँ।
दफा ४५: कम्प्युटर सामाग्रीमा अनाधिकृत पहुँच – रु. २ लाख सम्म जरिवाना वा ३ बर्ष सम्म कैद वा दुवै सजायँ।
दफा ४६: कम्प्युटर सूचना प्रणालीमा क्षति पुर्याउने – रु. २ लाख सम्म जरिवाना वा ३ बर्ष सम्म कैद वा दुवै सजायँ।
दफा ४७: विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने – १) रु. १ लाख सम्म जरिवाना वा ५ बर्ष सम्म कैद वा दुवै सजायँ। २) उपदफा १) बमोजिमको कसुर पटक पटक गरेमा अघिल्लो पटक भएको सजाँयको डेढी सजाँय।
दफा ४८: गोपनियता भंग गर्ने – रु. १ लाख सम्म जरिवाना वा २ बर्ष सम्म कैद वा दुवै सजायँ।
दफा ४९: झुट्टा व्यहोराको सूचना दिने : रु. १ लाख सम्म जरिवाना वा २ बर्ष सम्म कैद वा दुवै सजायँ।
दफा ५०: झुट्टा ईजाजत पत्र वा प्रमाणपत्र पेश गर्ने वा देखाउने – १) रु. १ लाख सम्म जरिवाना वा २ बर्ष सम्म कैद वा दुवै सजायँ। २) उपदफा १) बमोजिमको कार्य गरि नसकेको अवस्थामा रु. १ लाख जरिवाना। ३) जानी जानी कार्य गरेमा रु. १ लाख सम्म जरिवाना वा २ बर्ष सम्म कैद वा दुवै सजायँ।
दफा ५१: तोकिएको विवरण वा कागजात दाखिला नगर्ने: ५० हजार सम्म जरिवाना।
दफा ५२: कम्प्युटर जालसाजी – रु. १ लाख सम्म जरिवाना वा २ बर्ष सम्म कैद वा दुवै सजायँ।
दफा ५३: कम्प्युटर सम्बन्धि कसुर गर्न दुरुत्साहन – रु. ५० हजार सम्म जरिवाना वा ६ महिना सम्म कैद वा दुवै सजायँ।
दफा ५४: मतियारलाई मुख्य कसुरदारलाई भएको सजायँको अाधा सजायँ।
दफा ५५: नेपाल अधिराज्य बाहिर गरेको कसुरमा हुने सजायँ – ऐन बमोजिम मुद्दा चलाई सजायँ गर्न सकिने।
दफा ५६: जफत गर्ने: प्रयोग गरिएको कम्प्युटर, कम्प्युटर प्रणाली, फ्लपी, कम्प्याक्ट डिस्क, टेप ड्राईभ, सफ्टवेर वा अन्य सहायक उपकरणहरु जफत गर्न सकिने।
दफा ५७: संगठित संस्थाले गरेको कसुर: १) जिम्मेवार व्यक्तिले सो कसुर गरेको मानिने। २) उपदफा १) बमोजिम जुनसुकै कुरा लेखिएपनि सञ्चालक, व्यवस्थापक, सचिव वा अन्य जिम्मेवार व्यक्तिको सहमतिमा, जानकारी वा लापरवाही कारणबाट भएको प्रमाणित भएमा संगठित संस्था र संगठित संस्थाको सञ्चालक, व्यवस्थापक, सचिव वा अन्य जिम्वेवार व्यक्तिले गरेको मानिने।
दफा ५८: अन्य सजायँ: रु. ५० हजार सम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाँय।
दफा ५९: प्रचलित कानुन बमोजिम सजाँय गर्न बाधा नपुग्ने: यस ऐन अन्तर्गत कसूर ठहरिने काम अन्य कुनै प्रचलित कानुन बमोजिम पनि कसुर ठहरिने रहेछ भने त्यस्तो कसुर उपर छुट्टै कारवाही चलाई सजाँय गर्न यस ऐनले बाधा पुर्याएको मानिने छैन।
केन्द्रिय अनुसन्धान व्युरोको अनुरोध
- इन्टरनेट खुल्ला प्रविधि भएको हुँदा ईन्टेनेटमा व्याक्तिगत विवरण खुल्ला नराखौँ।
- अाफुले प्रयोग गरेका पासवर्ड गोप्य राखौँ र समय समयमा परिवर्तन गरौँ।
- कुनै पनि अपरिचित ब्यक्तिले पठाएको ईमेल नखोलौँ।
- सामाजिक संजालमा सबैलाई विश्वास नगरौँ।
- विद्युतिय कारोवार ऐन अन्तर्गत पिडित भएमा, पिडित भएको मितीले ३५ दिन भित्र नजिकको प्रहरी कार्यालयमा उजुरी गरौँ।
- साइवर क्याफे संचालकहरुले साईवरमा अाउने ग्राहकहरुको अभिलेख राखौँ।
- संपुर्ण सञ्चार माध्यमहरुले साईवर अपराध सम्बन्धी जनचेतना फैलाउने कार्यमा सहयोग गरौँ।