नमस्कार! आज हामी तपाईहरुलाई "Windows७ र Vista" मा कसरि नेपाली भाषा राख्ने भनेर सिकाउन गैरहेकाछौं। सबै भन्दा पहिले नेपाली भाषा हालेपछि windows७ कस्तो देखिन्छ हेरौ है त! तपाईले नेपाली भाषा हालेपछि एस्तो देखिन्छ तपाइको Operating सिस्टम।
एउटा कुरा चाहिँ ध्यान दिनु होला तपाईले नेपाली भाषा इन्स्टल गर्न पहिला माइक्रोसफ्ट को वेबसाइटबाट एउटा सफ्टवयर डाउनलोड गर्न पर्ने हुन्छ। चिन्ता नगर्नुहोस यो सफ्टवयर हामीले इन्स्टल गर्न खोजेको भाषाको सफ्टवयर हो। अब तपाइको समय धेरै खेर नफाली सिधै हाम्रो बिषयमा फर्कौ हैत। कृपया तलका स्टेपहरु अनुसरण गर्नुहोस।
१. पहिला नेपाली "Language pack" डाउनलोड गर्नुहोस्। language pack डाउनलोड गर्न
यहाँ क्लिक गर्नुहोस्
डाउनलोड गर्न वेबसाइटको तल गएर डाउनलोड बटनमा क्लिक गर्नुहोस र डाउनलोड गरिएको फाइललाई कम्प्युटर मा गएर right क्लिक गरि इन्स्टल गर्नुहोस।
२.तपाइले language pack इन्स्टल गर्नुभयो अब पालो नेपाली भाषा लागु गर्ने। नेपाली भाषा तपाइको कम्प्युटर मा लागु गर्न पहिला "Control Panel " मा जानुहोस। त्यहाँ गएपछि तपाइले "change display language " भन्ने option "Clock,Language and Region" को तल भेट्नुहुन्छ, त्यहाँ क्लिक गर्नुहोस।
अब तपाइले छुटै एउटा popup window देख्नुहुनेछ। जुन एस्तो देखिन्छ।
अब उक्त मेनु बाट "Choose a display language" भनीएको ठाउंबाट नेपाली भाषा सेलेक्ट गर्नुहोस र apply गर्नुहोस। यदि तपाईं keyboard पनि नेपालीनै राख्न मनपराउनु हुन्छ भने change keyboard भनिएको ठाउँबाट नेपाली keyboard सेलेक्ट गर्नुहोस र apply गर्नुहोस र हेर्नुहोस चमत्कार। यदि तपाईललाई पछि नेपाली टाइप गर्न गारो भयो भने तपाईले keyboardलाई "English"मा राख्न सक्नुहुन्छ।
अन्तमा, यदि तपाइलाई नेपाली भाषा इन्स्टल गर्न केहि गाह्रो र समस्या पर्यो भने कमेन्ट गरेर भनिदिनुहोला
हामी तपाइलाई सहयोग गर्ने छौं। हाम्रो ब्लग हेर्दै गर्नुहोस धन्यवाद।